सन्दिप लामिछानेको मुद्धाको बहस सकियो, फैसला आउँदै

तु खबर संवाददाता
२०८१ जेष्ठ २,बुधबार १७:१९
file-photo

मकवानपुर । क्रिकेटर सन्दिप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धि मुद्धाको आजै संक्षिप्त फैसला गर्ने तयारी गरिएको छ ।

उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस आज अपराह्न सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । बाँकी रहेको बहसलाई आज निरन्तरता दिइएको हो ।

आज सन्दिपका कानून व्यवसायीले जवाफ दिएका थिए । बहस सकिएलगत्तै न्यायाधीशहरु फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेजबारे अध्ययन गरिरहेका छन् । उक्त फुटेज हेरिसकेपछि अदालतले फैसला लेख्ने छ ।

अदालतले समयको पावन्दीका कारण आजै फैसलाको पूर्णपाठ भने नदिने अदालत स्रोतले जनाएको छ । न्यायाधीशद्धयले केही संक्षिप्त फैसला लेखेर हाललाई दिने र विस्तृत पूर्णपाठ पछि सार्वजनिक गर्ने छन् ।