ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ
डोटी । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा नक्कली डाक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन् ।
उनीहरुलदाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौं पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएको हो ।
पक्राउ परेका बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जनाइएको छ ।
अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।