विद्यार्थीहरुलाई निःशुल्क लेखापालन तालिम

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निःशुल्क लेखापालन तालिमको शुभारम्भ गरेको छ । तालिम आज एक कार्यक्रमबीच शुभारम्भ गरेको हो ।
अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. याम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिम आइतबारदेखि आगामी १० दिनसम्म सञ्चालन हुनेछ । उक्त तालिमको प्रशिक्षण किशोर अर्यालले गर्नेछन् ।
विद्यार्थीहरुको शैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यास क्षमताको विकासको लागि तालिम आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष खनालले बताए ।
तालिममा व्यवस्थापन संकाय अन्तगत स्नातक तहमा अध्ययनरत १२० भन्दा बढीको सहभागिता रहेको छ ।