नेप्सेमा सोमबार २७.५४ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २७ दशमलव ५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ दशमलव ३३ प्रतिशतले बढेर रोकिएको हो ।
कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।
यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ । आज नेप्से परिसूचक बढ्दा ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको जनाइएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ५ समूहमा गिरावट आएको छ ।