प्रधानमन्त्रीको सम्पत्ति २५ लाख नगद

तु खबर संवाददाता
२०८१ जेष्ठ ८,मंगलवार १६:२९
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा उक्र रकम रहेको उल्लेख गरेका हुन् ।

प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको उनले देखाएका छन् ।

यस्तै, उनको श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् ।

यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ ।