लागूऔषधसहित पक्राउ परे हेटौंडाका ढुंगाना

तु खबर संवाददाता
२०८१ जेष्ठ ८,मंगलवार १६:४४

कास्की । कास्कीको पोखरा महानगरपालिका–३१ नहरचोकस्थित धौलागिरी होटलबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगर ५ ग्राम ५ सय मिलिग्रामसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर बताउने २६ वर्षीय अस्मित ढुंगानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई उक्त होटलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

होटलमा बस्दै आएका उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको जनाइएको छ ।