कर्णालीका मन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
एमालेको तर्फबाट बनेका सांसद शाहले प्रदेश प्रमुख तिलक परियारबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
यसअघि शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री यामलाल कँडेलले आजै पुनः कृषि मन्त्रीमै नियुक्त गरेका थिए ।
गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिंदा मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए । तर, शाहले आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए ।