केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा ८ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा ८ जनाको जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार, महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रस्थित अमुदान केमिकल्समा आगलागी हुँदा ८ जनाको मृत्यु भएको हो ।
उक्त आगलागीमा परेर ६० जना घाइते भएका छन् । आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको जनाइएको छ ।