गण्डकी सरकारविरुद्धको मुद्दामा आज टुंगो लाग्ने

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार ०९:३७

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा आज टुंगो लाग्ने भएको छ ।

दुवै पक्षबाट बहस सकिएको छ भने आज जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि आजै आदेश आउने जनाइएको छ ।

निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।