रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

तु खबर संवाददाता
२०८१ जेष्ठ १७,बिहीबार १६:४१
file-photo

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित गरिएको छ ।

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर, निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।

न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका थिए ।

तर, न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।