पाँच लाख सदस्यता वितरण गर्दै लोसपा

तु खबर संवाददाता
२०८१ जेष्ठ १७,बिहीबार १६:५८
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ ।

२०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत् पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।

उनका अनुसार, लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठ वटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको उनको भनाई छ ।

अर्को चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण गर्ने अभियान सञ्चालन हुने उनले बताए । यो अभियान असार मसान्तसम्म चल्नेछ ।