बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आथिर्क वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभाका ८ जना सांसदहरुले विभिन्न बुद्धामा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
प्रदेश सभाका सांसदहरुले विभिन्न बुद्धामा संशोधनको लागि गरेको प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सभाका सभामुख भुवनकुमार पाठकले अर्को सूच्ना जारी नभएसम्मका लागि बागमती प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे ।