सर्वोच्चद्वारा गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

तु खबर संवाददाता
२०८१ जेष्ठ २०,आईतवार १८:१४

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अन्तरिम आदेश दिएको हो ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री समेत रहेका लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारलगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।