लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
उनका अनुसार, नीति तथा कार्यक्रम प्रस्तुतका लागि प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।