कोशी प्रदेशको पनि आज नीति तथा कार्यक्रम सार्वजनिक हुने
विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको हो ।
प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुतका लागि आज दिउँसो ४ बजे बस्ने गरी प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
यस्तै, आज लुम्बिनी प्रदेश सरकारको पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । त्यसको लागि बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।