उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन

तु खबर संवाददाता
२०८१ जेष्ठ २२,मंगलवार १६:१७
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । अध्यक्ष यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ हुन नसकेको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित गरिएको हो । यादवको रिट २३ औ नम्बरमा पेशी रहेको थियो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो ।

तर, यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।