प्रदेश सडक गुरुयोजना स्वीकृत गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
पूर्वधार विकासअन्तर्गत सडक पुल निर्माणलाई व्यवस्थित गर्न सरकारले प्रदेश सडक गुरुयोजना निर्माण गरेर लगानी गर्ने रणनीति लिएको प्रवक्ता श्रेष्ठले बताए ।
उनका अनुसार, प्रदेशभित्रका ३ सय बढी सडक योजनाहरु समेटिएको उक्त गुरुयोजनामा बजेट विनियोजन गरेर स्तरीय र पक्की निर्माण गरिनेछ ।