अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असारमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा आगामी असार १२ गते फैसला सुनाइने भएको छ ।
काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्च अदालतले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो ।
२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहित केही माओवादी कार्यकर्ताहरूमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।