मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण स्वीकृत भएको छ ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेका हुन् ।