जिसस मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रम बिहीबार हेटौंडामा भएको छ ।
समीक्षामा बागमती प्रदेश स्तरका कार्यालय र मकवानपुर जिल्ला स्तरका कार्यालयले यो तीन महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।
जिसस मकवानपुरका प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रमको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उद्घाटन् गरेका थिए ।
सो क्रममा प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरिप्रसाद उपाध्यायले जिल्लामा ६ अर्ब २५ करोड कुल निकास गरेको बताए । चालू खर्च तर्फ ३ अर्ब ३७ करोड र पुँजीगत २ अर्ब ८८ करोड खर्च भएको जानकारी दिए ।
कार्यक्रममा जिल्लागत प्रगति विवरण पेश गरिएको थियोे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, माओवादी केन्द्र संयोजक भिम पाख्रिन, समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दहाल, राप्रपाका गुरु प्रसाद सापकोटा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा लगायतकाले शुभकामना दिएका थिए ।