गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले आज विश्वासको मत लिन लागेका हुन् ।
उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।
६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।