गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने राप्रपाको निर्णय
कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।
सोमबार प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाएका हुन् ।