उद्दारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु
बझाङ । बझाङमा विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा नदीमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।
उनका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो ।
सोही क्रममासेती नदीको बीच भागमा खसेका धामी डुबेर बेहोस भएका थिएन । उनलाई तत्काल उद्दार गरी जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
मृतक धामी केदारस्यूँ गाउँपालिका–७ खिकीरीका निवासी हुन् ।