जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०,बुधबार १६:०९
file-photo

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको हो ।

निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

बाँकी पदाधिकारी तथा सदस्यहरूमा एकभन्दा बढि उम्मेदवारी परेकोले निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ ।