हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण आयोजना सम्पन्न, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
मकवानपुर । हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।
नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको हो ।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित हेटौंडा सबस्टेसनको आज शुक्रबार उद्घाटन हुँदैछ । उक्त सबस्टेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।