पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
विराटनगर । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेका छन् ।
पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा, कान्छी आमा र २ बहिनी रहेको जनाइएको छ ।
पहिरोमा परेका अन्यको थप खोजी जारी रहेको जनाइएको छ ।
पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।