असार ३ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
मकवानपुर । सरकारले आगामी असार ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।
प्रवक्ता भट्टराईले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) को अवसरमा उक्त सार्वजनिक विदा दिएको बताए ।
२०८० साल माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सो दिन सार्वजनिक विदा दिन लागेको प्रवक्ता भट्टराईले बताए ।