जंगली च्याउ खाँदा पाँच जना बिरामी
तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्कस्थित ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिरामी हुनेहरुमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् ।
उनीहरूको चितवनको नयाँ मेडिकल कलेज भरतपुर र तनहुँको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।