मौसम प्रतिकूलताका कारण लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प
![](https://www.tukhabar.com/wp-content/uploads/2024/06/lukla.png)
सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण लुक्लामा पछिल्लो १० दिनदेखि हवाई उडान ठप्प भएको छ । लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेकोे जानकारी दिए ।
उनका अनुसार, हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न सकेको छैन । उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।
लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले बताए ।