आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्दै श्री एयरलाइन्स

तु खबर संवाददाता
२०८१ असार ७,बिहीबार ०९:५२
file-photo

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्ने भएको छ ।

प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिए ।

परीक्षण उडानको औपचारिक उद्घाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गर्ने कार्यक्रम रहेको छ ।

श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । हाल भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।