मकवानपुरको थाहानगरमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ असार ८,शुक्रबार ०९:४५
file-photo

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आज शुक्रबार सार्वजनिक विदा दिइएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नगरपालिकाले स्व. रुपचन्द्र विष्ट (थाहा) को २५ औं स्मृति दिवसको अवसर आज सार्वजनिक विदा दिएको हो ।

सो बारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले असार ४ गते सूचना जारी गर्दै जानकारी गराएका हुन् ।