बागमती प्रदेश सभा बैठक जारी

मकवानपुर । बागमती प्रदेश सभाको बैठक हाल जारी छ । प्रदेश सरकारको विनियोजित बजेटमाथिको छलफल गर्न आह्वान गरिएको बागमती प्रदेश सभा बैठक निर्धारित समयभन्दा झण्डै साढे ३ घण्टा ढिलो गरी सुरु भएको हो ।
नेपाली कांग्रेस, राप्रपालगायत प्रतिपक्ष दलको अवरोधका कारण बैठक समयमा नै बस्न नसकेको हो । बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा निर्धारित समयमा सुरु हुन नसकेपछि सूचना टाँस गरेर २ बजेसम्मका लागि स्थगित गरेको थियो ।
सूचना टाँस गरेर २ बजेसम्मका लागि स्थगित गरेको प्रदेश सभा प्रतिपक्ष र सत्तापक्ष दलका सांसदहरुबीच सहमति जुटेपछि बैठक केहीबेर अघिबाट सुरु भएको हो ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध गरेका थिए ।
बागमती सरकारले यही असार १ गते आगामी आवको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।