मकवानपुरका तीन युवा प्रहरीको नियन्त्रणमा
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/Arrest.jpg)
मकवानपुर । मकवानपुरका तीन युवा प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं.५ ठुलो खोल्साबाट लागुऔषध गाँजासहित तीन जना युवालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा राक्सिराङ–८ बस्ने वर्ष २१ को अशोकलाल मोक्तान, सोही स्थान बस्ने वर्ष ३१ को दिपक मोक्तान र वर्ष ३५ को बुद्धिलाल मोक्तान रहेका छन् ।
गस्ती हिडेको प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट ८ केजी ५०० ग्राम लागूऔषध गाँजा बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।