मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी
मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
जंगली च्याउ खाँदा स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, वर्ष ८ की सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी भएका हुन् ।
उनीहरुको चितवनको भरतपुरस्थित उपचारको लागि पठाइएको छ । बिरामीमध्ये बलबहादुरको अवस्था गम्भीर र अन्यको मध्यम रहेको जनाइएको छ ।