कैलाश गाउँपालिकाद्वारा विनियोजित बजेट सार्वजनिक

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १६:२२

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको  विनियोजन बजेट  सार्वजनिक गरेको छ ।

सोमबार बसेको १४ औ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पालिकाको आगामी आवको लागि विनियोजित बजेट सार्वजनिकरण गरेका हुन् ।

जसमा चालु तर्फ ३३ करोड १२ लाख ४७ हजार रुपैयाँ र पूँजीगत तर्फ १५ करोड ६६ लाख २० हजार रहेको उपाध्यक्ष ठकुरीले बताए ।

उनका अनुसार, पालिकाको उक्त नीति तथा कार्यक्रम र बजेट सोही सभाले बहुमतले पारित गरेको छ ।

आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, बजेट वक्तव्य मध्यकाली खर्च संरचना २०८१ पनि उक्त अधिवेशनले बहुमतले पारित गरेको हो ।

गाउँसभा पालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको हो ।