त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १७:४२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल वरपरका स्थानहरु मर्मत गर्नुपर्ने भएकोले दैनिक १० घण्टा बन्द हुने भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमन अनुसार आगामी २३ कात्तिक गतेदेखि दैनिक १० घण्टाका लागि बन्द गर्ने तयारी गरेको छ । पाँच महिना समयअवधिमा यो व्यवस्था लागू गर्न लागिएको बुझिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमन अनुसार २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ ।