राक्सिराङ गाउँपालिकाले ल्यायो ५४ करोड ६१ लाखको बजेट

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार ०८:५८

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सोमबार सम्पन्न गाउँसभामा पालिका उपाध्यक्ष वनस्थम थिङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिकरण गरेका हुन् ।

पालिकाले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार रुपैयाँ र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

राक्सिराङ गाउँपालिकाले संघीय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार रुपैयाँ र आन्तरिक स्रोत ६ करोड २७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि ३ करोड २७ लाख रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । राक्सिराङ गाउँपालिकाले चालु आवको लागि ५७ करोड ८८ लाख ९७ हजार १ सय ९७ रुपैयाँको बजेट ल्याएको थियो ।

गाउँसभा पालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको हो ।