राप्रपा नेपालको उपाध्यक्षमा भास्कर भद्रा मनोनीत

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार ०९:५५
file-photo

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भास्कर भद्रा (ललितपुर) लाई पार्टीको केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका छन् ।

अध्यक्ष थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् ।

यसैगरी, पुष्पा खरेल भट्ट (काठमाडौं) लाई महिला, जनसंख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मा (काठमाडौं) लाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरेको जनाइएको छ ।