प्रदेश उच्च शिक्षालाई प्रतिस्थापन गर्न बनेको विधेयक स्वीकृत

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार १८:४७

मकवानपुर । बागमती प्रदेश सभाबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई बहुमतले स्वीकृत प्रदान गरेको छ ।

प्रदेश सभाको आज अपराह्नमा बसेको दोस्रो बैठकले उक्त विधेयकलाई बहुमतले स्वीकृत प्रदान गरेको हो ।

बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव टेवल गरेकी थिइन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।