७ जनालाई पुर्पक्षको लागि भीमफेदी कारागार चलान
मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ति इलाकाबाट १३० किलो १५० ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका ७ जनालाई पुर्पक्षको लागि भीमफेदी कारागार चलान गरिएको छ ।
मंगलबार जिल्ला अदालत मकवानपुरले प्रतिबादीहरुलाई सिधा खान पाउने गरी पुर्पक्षको लागि भीमफेदी कारागार पठाएको मकवानपुर प्रहरीले जनाएको छ ।
कारागार चलान हुनेहरुमा कैलाश गाउँपालिका–४, धुसराङ बस्ने २८ वर्षीय बमबहादुर प्रजा, ३१ वर्षीय बिरमान प्रजा, २७ वर्षीय हरि कुमार प्रजा, २१ वर्षीय टिकाराम प्रजा, मनहरी–५ डिल्लीपुर बस्न ३६ वर्षीय दिपक सारु मगर, मनहरी हाडिखोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल रहेका छन् ।
पक्राउ पर्दाको अवस्थामा नाबालक अनुमान गरी सांकेतिक नाम ३१(०८०–०८१–ए ९९) दिइएका २० वर्षीय सुरेश प्रजा भन्ने मंगल सिं चेपाङको हकमा २० हजार रुपैयाँ धरौटी रकम खुलेकोमा उक्त धरौटी रकम बुझाउन नसक्दा उनलाई पनि पुर्पक्षको लागि पठाइएको जनाइएको छ ।