अविरल वर्षाले विराटनगरका अधिकांश स्थान जलमग्न
तु खबर संवाददाता
२०८१ असार १३,बुधबार १०:०१
विराटनगर । रातभर परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश स्थान जलमग्न भएको छ ।
विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् ।
नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।
ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।