यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
तु खबर संवाददाता
२०८१ असार १४,बिहीबार ०८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र बागमती र मधेस प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार, आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
साथै आज देशभर साधरणतयादेखि पूर्णतया बदली रहने र देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेकोजनाइएको छ ।
ती स्थाननहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।