बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, बजेट पारित गर्ने तयारी

तु खबर संवाददाता
२०८१ असार १४,बिहीबार ०९:३५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । बैठकमा बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताए ।

बिहीबारको बैठकमा विभागीय मन्त्रीले जवाफ दिएपछि बजेटको संशोधन प्रस्तावमाथि छलफलसहित निर्णय गरिने उनको भनाई छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त विनियोजित बजेटमाथि असार ७ गतेदेखि छलफल सुरु भएको थियो ।