राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत
काठमाडौं । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् ।
उनले आर्थिक वर्ष २०८१-०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेस गरेका हुन् ।