काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, भूकम्प ४ दशमलव २ म्याग्निच्युडको थियो ।
भूकम्पले क्षति पुगेको विवरण भने आउन बाँकी छ ।