बागमती प्रदेशको बजेट बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८१-०८२ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो ।
सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।
सरकारका आर्थिक मामिला मन्त्री थपलियाले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
चालुतर्फ २६ अर्ब १० करोड १६ लाख, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।