दुई हजार ३३६ विदेशीले पाए नेपालमा काम गर्ने अनुमति
![](https://www.tukhabar.com/wp-content/uploads/2019/08/shram-mantralaya.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) प्रदान गरेको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सरकारले चालु आव २०८०–०८१ को गत साउन महिनादेखि जेठ महिनासम्ममा उक्त संख्यामा विदेशी नागरिकलाई अनुमति लिएर काम गर्न अनुमति दिएको हो ।
श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या धेरै रहेको पाइएको छ । नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ भएको पाइएको हो ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । नेपालमा विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।