बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८१ असार १५,शुक्रबार १०:३०

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्ने गरी बोलाइएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो ।

बिहीबार राती साढे ११ बजेसम्म संचालन भएको प्रदेश सभामा सभामुख भुवनकुमार पाठकले बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरेका हनु् ।

आज बस्ने प्रदेश सभामा विभिन्न विधेयकलाई प्रदेश समितिमा पाउने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

यसअघि बिहीबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि र्साजनिकरण गरिएको बजेट बहुमतले पारित गरेको थियो ।

सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बिहीवार जवाफ दिएपछि बजेट पारित गरिएको हो ।

सरकारका आर्थिक मामिला मन्त्री थपलियाले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।