मधेसका मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ असार १५,शुक्रबार १६:१७

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जानकारी गराएको हो ।

संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।