बागमती प्रदेश सभा बैठक सुरु

तु खबर संवाददाता
२०८१ असार १५,शुक्रबार १६:४०

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा सुरु भएको हो ।

दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा बैठक डेढ घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो ।

आज बस्ने प्रदेश सभामा विभिन्न विधेयकलाई प्रदेश समितिमा पाउने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

यसअघि बिहीबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि र्साजनिकरण गरिएको बजेट बहुमतले पारित गरेको थियो ।